AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीलाई थप ३ दिन थुनामा राख्न अनुमति

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीलाई थप ३ दिन थुनामा राख्न अनुमति

  • सोमवार, माघ २२, २०८०
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीलाई थप ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं- बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित तीन जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले चौधरीसहित तीन जनालाई सोमबार थप ३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको हो।बाँसबारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी चौधरीसहित, तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र चौधरी ग्रुप चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।सीआईबीले उनीहरुलाई गत शुक्रबार पहिलोपटक अदालतमा उपस्थित गराएको थियो। अदालतले उनीहरुमाथि छानबिनका लागि पहिलोपटक ४ दिनको म्याद दिएको थियो।

Facebook Comments

सम्बन्धित समाचार