AarthikBikash
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • खेलकुद
  • नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य

  • मङ्लबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ।

नेदरल्यान्ड्सको युट्रेच्टमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो।

रोहित पौडेलले ३१, दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नामिबियाका जेजे स्मित एक्लैले ६ विकेट झारे। यस्तै, ज्याक ब्रासेल र बर्नार्ड स्कोल्जले दुई–दुई विकेट लिए।

सम्बन्धित समाचार