AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन सकेन : महामन्त्री थापा

गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन सकेन : महामन्त्री थापा

  • मङ्लबार, माघ २३, २०८०
गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन सकेन : महामन्त्री थापा

काठमाडौं-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बतएका छन्।मेची महाकाली संवाद यात्राका क्रममा नवलपरासी आएका महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले भने,‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन् । निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु ।’

निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको महामन्त्री थापाको जोड थियो ।प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताए ।

यात्राका क्रममा आयोजना सुरु भएर १०–१२ वर्षसम्म पनि पूर्णता नपाउँदा त्यसले पु¥याएको क्षति, स्वास्थ्य संस्थाहरु नचलेको, कृषि क्षेत्रका समस्या, सहकारी, लघुवित्त र वैदेशिक रोजगारीबाट ठगिएकालगायतका आमनागरिकका समस्या पाइएको महामन्त्री थापाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार