AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक बन्यो, अब परिवर्तन गर्छु : प्रधानमन्त्री प्रचण्ड

परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक बन्यो, अब परिवर्तन गर्छु : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रबार, माघ २६, २०८०
परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक बन्यो, अब परिवर्तन गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको दाबी गरे ।

हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताए ।

सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड छ ।

Facebook Comments

सम्बन्धित समाचार