AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अमेरिका पठाउने भन्दै बन्धक बनाउने ८ भारतीयसहित ९ जना पक्राउ

अमेरिका पठाउने भन्दै बन्धक बनाउने ८ भारतीयसहित ९ जना पक्राउ

  • बिहिबार, फाल्गुन ३, २०८०
अमेरिका पठाउने भन्दै बन्धक बनाउने ८ भारतीयसहित ९ जना पक्राउ

мега ссылкамега ссылка
काठमाडौं – भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गरेको हो। प्रहरीले अपरेशन डंकी’ चलाएर बन्धक बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ । उनीहरूले काठमाडौंको रातो पुलस्थित एक घरमा बन्धक बनाएर राखेका थिए।

кракен ссылкакракен ссылка

mega darknetmega darknet
भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको एक घरमा ल्याएर राखी उनीहरुको परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र नपठाएमा कुटपिट र यातना दिने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

Вот актуальная кракен даркнет для входа.
एसएसपी खत्रीका अनुसार त्यहाँ उनीहरूलाई कसैले सोधे सिरक डसना बनाउने काम गर्न आएको भन्न लगाइएको थियो। उनीहरूलाई पिट्नका लागि गिरोहले राखेको पाइपको लठ्ठी प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन् ।

नेपाली नागरिकको भने नाम खुलाइएको छैन । नेपाली नागरिकले भने उनीहरुलाई नक्कली कागजात बनाएर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यो प्रकरणको मुख्य योजनाकार इन्दुसिंह यादव हुन् ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उनीहरुले मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरु देखाएर बन्धक बनाइएकाहरुलाई परिवारबाट थप पैसा मगाउन लगाएको पाइएको प्रहरीको भनाइ छ ।

अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनहरुले घरबाट पैसा मगाउन लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गिरोहले केही व्यक्तिहरूलाई १४ दिनदेखि र कोहीलाई एक दुई दिनअघि मात्रै ल्याएको एसएसपी खत्रीले जानकारी दिए। बन्धक राख्न गिरोहले मासिक ७५ हजार लिएर उक्त घर भाडामा लिएका थिए।

सम्बन्धित समाचार