काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बजेटका सिद्धान्त र प्राथमिकताा’ प्रस्तुत गर्ने भएका छन्।अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी संसदमा प्रस्तुत गर्ने भएका हुन्।उनले कर प्रस्ताव बाहेकको विषयमा छलफल गर्नेगरी प्रतिनिधि सभामा प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ ।
आज अर्थमन्त्रीले संसदमा ‘प्रिबजेट’ छलफलका लागि प्रस्तुत गर्ने भएका हुन्। अर्थमन्त्रीले प्रतिनिधि र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिक्ता’ पेस गर्ने कार्यक्रम रहेको छ ।सरकारले नयाँ व्यवस्था गर्दै फागुनको पहिलो सातादेखि नै संसदमा ‘प्रिबजेट’ छलफल गर्ने कार्यतालिका बनाएको छ ।