AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभामा उम्मेदवार उठाउने माओवादीको निर्णय, जनार्दनको फरक मत

राष्ट्रियसभामा उम्मेदवार उठाउने माओवादीको निर्णय, जनार्दनको फरक मत

  • बुधबार, फाल्गुन १६, २०८०
राष्ट्रियसभामा उम्मेदवार उठाउने माओवादीको निर्णय, जनार्दनको फरक मत

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। आज बसेको स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नी सापकोटाले राष्ट्रियसभा अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको जानकारी दिए।माओवादीले आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले बताए। यस्तै तराई अभियान चैत्र १ गतेबाट सुरु गर्ने भनिएकोमा  चैत्रमा १५ बाट सुरु हुने माओवादीले निर्णय गरको छ। यस्तै हिमाल अभियान वैशाख १५ बाट सुरु हुने प्रवक्ता सापकोटाको भनाइ छ।

बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेको छ।  कोशीको इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रिकुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, बागमतीको इन्चार्ज अग्नीप्रसाद सापकोटा, सह–इन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन्।

यस्तै, लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल र सहइन्चार्ज टुंग्याउन बाँकी र सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर रहेका छन्।बैठकमा उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पेश भएको कार्यविभाजन लगायतमा असहमति जनाउँदै फरक मत राखेका छन्।

उनले आफ्नो फरक मत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। विधान अधिवेशनमा आफूले पदाधिकारीको निर्वाचनबारे वकालत गरेकाले कार्य विभाजनमा नसमेटेको भन्दै शर्माले बैठकमा फरक मत राखेका हुन्।

बैठकपछि शर्माले,  ‘कार्य विभाजनमा आफ्नो तर्फमा निर्णयमा केही असहमति दर्ज गरेको छु। कार्य विभाजन जसरी गरियो त्यो सही भएन। पार्टी निर्माणलाई उद्देश्य  राखेर होइन विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्य विभाजन गरियो। प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई जिम्मेवारीविहीन बनाइएको छ।’त्यस्तै सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदा हुँदै केन्द्रीय सदस्यलाई इन्चार्ज बनाइएकोमा पनि उनको असहमति छ।

Facebook Comments

सम्बन्धित समाचार