AarthikBikash
शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको चेतावनी

राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको चेतावनी

  • आइतवार, फाल्गुन २०, २०८०
राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुने गरी निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन समेत दिए ।

बैठकमा उत्तर दक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका हुन् ।

कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए ।

त्यसैगरि उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए ।

त्यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी सचिव शर्माले गराए ।

Facebook Comments

सम्बन्धित समाचार