AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुख्यमन्त्री पनि आलोपालोका आधारमा बनाउने नयाँ गठबन्धनको तयारी

मुख्यमन्त्री पनि आलोपालोका आधारमा बनाउने नयाँ गठबन्धनको तयारी

  • सोमवार, फाल्गुन २१, २०८०
मुख्यमन्त्री पनि आलोपालोका आधारमा बनाउने नयाँ गठबन्धनको तयारी

काठमाडौं – नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक जारी छ । सोही बैठकमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो ।

एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै प्रदेशहरूमा मुख्यमन्त्री फेरिने भएका हुन् । कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

Facebook Comments

सम्बन्धित समाचार