AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • समाज
  • बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व शुरु

बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व शुरु

  • आइतवार, चैत्र ४, २०८०
बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व शुरु

काठमाडौं – काठमाडौंस्थित बसन्तपुरमा आज होलीको चीर ठड्याइएको छ ।

बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको झण्डै ३० फीट अग्लो चीर आइतबार बिहान ७.४७ बजेको शुभ साइतमा ठड्याइएपछि फागु (होली) पर्व शुरु भएको छ ।

फाल्गुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागु पर्व शुरु भएको मानिन्छ भने पूर्णिमाको राति यो चीर ढालेर टुँडिखेलमा पुर्‍याइ दहन गरेपछि फागु पर्व समाप्त हुन्छ ।

आइतबार बिहान बसन्तपुरको गद्दी बैठक अगाडि चीर ठड्याएपछि एकअर्कालाई अबिर दलेर फागु पर्व शुरु भएको जानकारी गराइएको थियो ।

यस वर्ष पहाडी क्षेत्रमा चैत ११ गते र तराईका जिल्लाहरुमा चैत १२ गते फागु पर्व मनाइँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार