AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न नदिने

कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न नदिने

  • सोमवार, चैत्र २६, २०८०
कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न नदिने

काठमाडौं-नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न नदिने भएको छ।

बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न नदिने निर्णय गरेको हो ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएकाले गृहमन्त्री लामिछानेलाई रोष्टममा जान नदिने अडान लिएको छ।

सभापति शेरबहादुर देउवाले दिउँसो सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षबीच हुने बैठक र संसद बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बिहान पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठक बोलाएका थिए।

बैठकले सहकारी ठगीमा जोडिएका मन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।

उनले सहकारी प्रकरणमा प्रधानमन्त्रीको कुरामा चित्त नबुझेकाले संसदीय छानबिन समितिको माग गरेको बताए। छानबिन समिति गठनको माग यथावत रहेको बताउँदै उनले मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए।

कांग्रेसले सभामुखले दिउँसो बोलाएको बैठकमा सत्ता पक्षको धारणा बुझेपछि नयाँ रणनीति तय गर्न भोलि बिहान छलफल गर्न संसदीय कार्यसमिति र दलको बैठक बोलाएको हो।

यस अगाडिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले कांग्रेसले दिएको अल्टिमेटम सकिएकाले आगामी बैठकमा संसदीय छानविन समिति नआए संसद ठप्प पार्ने उद्घोष गरेका थिए।

नयाँ सत्ता समीकरण बनेर लामिछाने गृहमन्त्री भएसँगै कांग्रेसले निरन्तर उनीमाथि प्रश्न उठाउँदै आएको छ। सत्तारुढ दलले भने कांग्रेसको माग अनुसार संसदीय छानबिन समिति गठन नहुने धारणा राख्दै आएका छन्।

Facebook Comments

सम्बन्धित समाचार