AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • समाज
  • डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु

डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु

  • शनिबार, बैशाख १, २०८१
डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु

डोल्पा-डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ।

गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको हो । आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको जनाईएको छ।

उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा शनिबार मृत्यु भएको हो।

आगलागीबाट घाइते १० वर्षीय सुलश बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको थियो।

गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाएको थियो ।

यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार