mega darknetmega darknet
AarthikBikash
शनिबार, साउन ३२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित

  • सोमवार, बैशाख ३, २०८१
वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौं-एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल हुनु अगाडि हल्का वर्षा भएको हो। बर्षाका कारण खेल केहि समय पछाडि धकेलिएको छ।

अहिले पिच कभरले ढाकिएको छ। वर्षा रोकिएपश्चात टस हुने भएकाले ओभर घटाएर खेल हुने सम्भावना छ। हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ।

आजको खेलमा अंक बाँडिएको खण्डमा नेपाललाई समूह विजेता बन्न सकस पर्नेछ। समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्।

नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्।

हङकङले सेमिफाइनलको यात्रा तय गर्न आज नेपाललाई हराउनुपर्ने दबाब छ।

सम्बन्धित समाचार