AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस सरकारबाट बाहिरिनुपर्दाको पीडा पोख्दै छ : केपी ओली

कांग्रेस सरकारबाट बाहिरिनुपर्दाको पीडा पोख्दै छ : केपी ओली

  • शुक्रबार, जेष्ठ ४, २०८१
कांग्रेस सरकारबाट बाहिरिनुपर्दाको पीडा पोख्दै छ : केपी ओली

वीरगन्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् ।

एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । कांग्रेसले मानेपनि नमानेपनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने अध्यक्ष ओलीको भनाई छ ।

अध्यक्ष ओलीले भने,‘कांग्रेसले सरकारबाट बाहिरिनुपर्दाको पीडा पोखेर कराइरहेको छ, अब समय थोरै छ, आज ४ गते भयो १५ गतेभित्र नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्नुछ । त्यसकारण कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद त चलाउँछौं, नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनै पर्छ, देशलाई नै ठप्प पार्ने अनि कांग्रेसले यसलाई बोल्न दिन्छु भन्दा दिने दिन्न भन्दा नदिने हुन्छ ? कांग्रेसले जेजे भन्यो त्यही मान्दिनुपर्ने ?’

अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति आक्रोश पोखे ।

सरकारबाट बाहिरिनुपरेको पीडाको कुण्ठामा कांग्रेस आफैं रुमल्लिएको र देशलाई पनि अल्झाएर राखेको आरोप ओलीले लगाए।

उनले गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेलई एमालेले बोक्नुपर्ने कुनै आवश्यक नभएको भन्दै ओलीले एमाले भ्रष्टचारीहरूको आखडा नभएको बताए।

Facebook Comments

सम्बन्धित समाचार