काठमाडौं – संसदको गतिरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेताहरुसँग आज फेरि छलफल गर्दैछन् ।
कांग्रेसका नेताहरुलाई प्रधानमन्त्रीले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएका हुन् ।
कांग्रेस नेताहरुलाई हिजो साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्रीको व्यस्ततका कारण आज बिहानका लागि बैठक सारिएको थियो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ।