AarthikBikash
आइतवार, असार २, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस आफ्ना सांसद र नेताहरुमाथि छानबिन गर्न तयार छ : विश्वप्रकाश शर्मा

कांग्रेस आफ्ना सांसद र नेताहरुमाथि छानबिन गर्न तयार छ : विश्वप्रकाश शर्मा

  • बिहिबार, जेष्ठ १०, २०८१
कांग्रेस आफ्ना सांसद र नेताहरुमाथि छानबिन गर्न तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलका सबै नेतामाथि छानबिन गर्न तयार रहेको बताएका छन् ।

नेविसंघ झापा काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले कांग्रेसका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न सकिने बताए ।

महामन्त्री शर्माले भने, ‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजु/भाउजूमाथि, माइजू/मामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ। नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’

उनले कांग्रेसको पार्टी सभापतिदेखि सदस्यसम्मका परिवारसम्मको छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै नाम नै लेखेर समिति गठन गर्न तयार रहेको बताए ।

छानबिनका क्रममा जो दोषी देखिए पनि जेल जान्छ । बाँकीले ढुक्कले राजनीति गर्न सकिने शर्माले बताए ।

गृहमन्त्री रवि लामिछानेले पनि छानबिन समिति बनेपछि त्यसले दिएको निर्णय मान्नुपर्ने महामन्त्री शर्माले बताए ।

संसद्‌मा बोल्दै गर्दा अन्तर्राष्ट्रिय छानबिन समिति बनाए हुन्छ भन्ने गृहमन्त्रीले समितिको कार्यादेशमा भने गोर्खा मिडियाको नाम लेख्न नचाहेको शर्माले बताए ।

Facebook Comments

सम्बन्धित समाचार