AarthikBikash
सोमवार, असार १७, २०८१
  • होमपेज
  • राजनीति
  • सहकारी पीडितलाई तत्काल ५ लाखसम्मको बचत फिर्ता गराउँछौं : अर्थमन्त्री पुन

सहकारी पीडितलाई तत्काल ५ लाखसम्मको बचत फिर्ता गराउँछौं : अर्थमन्त्री पुन

  • बुधबार, जेष्ठ १६, २०८१
सहकारी पीडितलाई तत्काल ५ लाखसम्मको बचत फिर्ता गराउँछौं : अर्थमन्त्री पुन

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सहकारी पीडितलाई बचत फिर्ता गराउने बताएका छन् ।

पोस्ट बजेट अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने दाबी गरे।

अर्थमन्त्री पुनले भने,‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ । सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो ।’

अर्थमन्त्री पुनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।

आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने अर्थमन्त्री पुनको भनाई छ। समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार