AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मधेशमा सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

मधेशमा सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

  • शुक्रबार, जेष्ठ २५, २०८१
मधेशमा सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

काठमाडौं-मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ ।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।

सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेको छ । प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित चार दलले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार