AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • समाजवादको एजेन्डा विना एमाले टिक्न सक्दैन : झलनाथ खनाल

समाजवादको एजेन्डा विना एमाले टिक्न सक्दैन : झलनाथ खनाल

  • शनिबार, जेष्ठ २६, २०८१
समाजवादको एजेन्डा विना एमाले टिक्न सक्दैन : झलनाथ खनाल

काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले समाजवादको एजेन्डा विना एमाले टिक्न नसक्ने बताएका छन् ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले एमालेले जबजलाई भजाएर हिँडिरहेको बताउँदै उनले अब समाजवाद विना एमाले पनि टिक्न नसक्ने टिप्पणी गरे।

नेता खनालले पछिल्लो समय कम्युनिस्ट पार्टीहरूमा दक्षिणपन्थी अवसरवाद हाबी भएको टिप्पणी गरे ।

उनले दक्षिणपन्थी अवसरवाद कै कारण दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा दुई पटक विघटन गरेको आरोप लगाए ।

एमाले विभाजन र विद्रोहको औचित्य पुष्टि गर्न समेत बाँकी रहेको उनले बताए ।

वर्तमान समयमा साम्राज्यवादी शक्तिहरू निरन्तर कमजोर भइरहेको उनले बताए । साम्राज्यवादी शक्ति कमजोर बन्दै गएको तर केही आक्रामक बन्दै गइरहेको उनको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार