AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं : महामन्त्री थापा

प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं : महामन्त्री थापा

  • शनिबार, असार १, २०८१
प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । संघको मन्त्रालय घटाएर १०/१२ जना मात्रै मन्त्री बनाए पुग्ने महामन्त्री थापाको भनाइ छ।

महामन्त्री थापाले भने,‘संघ र प्रदेशको संसदको साइज घटाउनुपर्‍यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०/१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौं। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्। संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्यो। प्रदेश र संघलाई मिलाउनुपर्‍यो।’

महामन्त्री थापाले प्रदेशको निर्वाचन प्रणाली पनि बदल्नुपर्ने बताए। प्रदेश अहिले अदालतले चलाएको उनको भनाई छ ।

महामन्त्री थापाले संविधान संशोधन लगायतको विषयमा एमालेसँग छलफल गर्नुपर्ने भएपनि सरकार बदल्न कसैसँग छलफल नगरेको बताए। उनले कांग्रेस अहिले प्रतिपक्ष भएकाले प्रश्न र प्रतिवाद गरेर जिम्मेवार भूमिका निर्वाह गर्ने बताए।

Facebook Comments

सम्बन्धित समाचार