AarthikBikash
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव पारित

कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव पारित

  • सोमवार, अशोज १९, २०८३
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ । १५ औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको आकार बढाउने महामन्त्री प्रदीप पौडेलको प्रस्ताव पारित गरेको हो  ।

महाधिवेशन प्रतिनिधि नै ७७ सय पुगेकाले समितिको आकार बढेको बताए  । यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो । अहिले बढाएर २९७ जना रहने बनाइएको महामन्त्री पौडेलले बताए ।

विधान संशोधन गर्दै १ सभापति, १ वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री हुने बताए। उनका अनुसार ४ सहमहामन्त्री सभापतिले मनोनीत गर्नेछन् ।

२९७ जना केन्द्रीय सदस्यमध्ये ६६ जना सभापतिले मनोनीत गर्ने उनले बताए । उनका अनुसार प्रतिनिधि संसदीय दलका नेता र प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछन् ।

केन्द्रीय कार्यसम्पादन समिति पनि ३१ बाट बढाएर ४१ पुर्‍याइएको बताए । यस्तै, कोषाध्यक्ष र प्रवक्ता सभापतिले पदाधिकारीको हैसियतमा मनोनीत गर्ने व्यवस्था गरेको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार आवश्यकता अनुसार सहप्रवक्ता पनि सभापतिले मनोनीत गर्नसक्नेछन्।

अघिल्लो समाचार

Jakie Są Dostępne Maszyny Hazardowe Do Gry Za Darmo
Jakie Są Dostępne Maszyny Hazardowe Do Gry Za Darmo

सम्बन्धित समाचार