AarthikBikash
शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • राजनीति
  • राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं : महासचिव पोखरेल

राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं : महासचिव पोखरेल

  • मङ्लबार, असार १८, २०८१
राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संबिधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका हुन् ।

उनले लेखेका छन्- ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउननेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने ।’

 

Facebook Comments

सम्बन्धित समाचार