AarthikBikash
आइतवार, असार २३, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारबाट आजै आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने एमालेको तयारी

सरकारबाट आजै आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने एमालेको तयारी

  • बुधबार, असार १९, २०८१
सरकारबाट आजै आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने एमालेको तयारी

काठमाडौं– नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो।

दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने एमाले स्रोतले बतायो ।गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ ।सहमति अनुसार, पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् ।आजै साँझसम्म मन्त्रीहरुलाई राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिने एमालेले तयारी गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार