AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रचण्डलाई १० मन्त्रालयको जिम्मेवारी

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रचण्डलाई १० मन्त्रालयको जिम्मेवारी

  • सोमवार, असार २४, २०८१
जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रचण्डलाई १० मन्त्रालयको जिम्मेवारी

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)का तीन जना मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ।

अशोक राईले नेतृत्व गरेको जसपाका मन्त्रीहरुले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले दिएको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् ।

उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।

यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् ।

अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्रीमात्र छन् ।

Facebook Comments

सम्बन्धित समाचार