AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • विराटनगरमा एक युवकको हत्या, दुईजना घाइते

विराटनगरमा एक युवकको हत्या, दुईजना घाइते

  • मङ्लबार, असार २५, २०८१
विराटनगरमा एक युवकको हत्या, दुईजना घाइते

काठमाडौं– विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ भने दुईजना घाइते छन् ।मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको हो ।बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए।गम्भीर अवस्थाका कामतको भने उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ। घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार