AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राजनीति
  • संसद विघटन गर्नेहरूले प्रचण्डलाई नैतिकता सिकाउनु पर्दैन : लेखनाथ दाहाल

संसद विघटन गर्नेहरूले प्रचण्डलाई नैतिकता सिकाउनु पर्दैन : लेखनाथ दाहाल

  • मङ्लबार, असार २५, २०८१
संसद विघटन गर्नेहरूले प्रचण्डलाई नैतिकता सिकाउनु पर्दैन : लेखनाथ दाहाल

काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद विघटन गर्नेहरूले नैतिकताको कुरा गर्न नसुहाउने बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले यस्तो बताएका हुन् ।

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको विषयलाई नैतिकतासँग जोडेर अभिव्यक्ति दिने गरेको सांसद दाहालले बताए।

असंवैधानिक तवरले दुई-दुई पटक संसद विघटन गर्नेहरूले नैतिकताको कुरा गर्न नसुहाउने सांसद दाहालको भनाई छ ।

उनले एमालेको प्रस्तावकै कारण यसअघि प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग सहकार्य गरेको बताए।

तर, अहिले एकाएक माओवादीसँग सहकार्य तोडेर कांग्रेससँग सहकार्य गर्ने एमालेको नियममा प्रश्न गर्ने ठाँउ गरेको उनले बताए।

दाहालले कांग्रेस-एमालेबीच भएको सहमति बदनियतपूर्ण रहेको आरोप पनि लगाए।

उनले वर्तमान सरकारले सुशासनको काममा निरन्तरता दिँदै गर्दा बेचन झा प्रकरणपछि सत्ता समीकरण परिवर्तनको अवस्था सिर्जना भएको दाबी गरे।

Facebook Comments

सम्बन्धित समाचार