AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राजनीति
  • बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

  • मङ्लबार, साउन १, २०८१
बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिम-रुकुम पश्चिममा तातोपानी खोलाले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति परेको अविरल बर्षापछि जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको मृत्यु भएको हो ।

त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको प्रहरीले जनाएको छ ।

साथै यही बाढीमा परेर ६ जना घाइते भएको बताइएको छ । घाइतेहरूको उपचारका लागि नगर अस्पताल लगिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार