AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहको कार्यदल चितवनमा

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहको कार्यदल चितवनमा

  • बुधबार, साउन २, २०८१
सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहको कार्यदल चितवनमा

चितवन-चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्।

घटनास्थलको अवलोकन, चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गरि उद्धार प्रकृयाबारे जानकारी लिन अध्ययन टोली चितवन पुगेको हो ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय टोली चितवन पुगेको छ । उनीहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गरेका हुन्।

यस्ता घटना कसरी रोक्ने भन्ने विषयमा अध्ययन गरिने कार्यदलले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हाल्दै घटना कसरी भएको भन्ने विषयमा अध्ययन गर्न सहसचिव रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए।

कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ। कार्यदलले घटना कसरी भएको, कसको कमी-कमजोरीले घटना भएको हो भन्ने विषयमा अध्ययन गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार