AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जाजरकोटमा भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते

जाजरकोटमा भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते

  • बुधबार, साउन २, २०८१
जाजरकोटमा भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते

जाजरकोट-जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा तीन जना घाइते भएका छन् ।

कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो।

उक्त घटनामा चार जना घाइते भएका छन्। सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन्।

हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको जाजरकोट प्रहरीले जनाएको छ ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार