AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सशस्त्र प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेका छौं : गृहमन्त्री लेखक

सशस्त्र प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेका छौं : गृहमन्त्री लेखक

  • शनिबार, साउन ५, २०८१
सशस्त्र प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेका छौं : गृहमन्त्री लेखक

काठमाडौं-गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योगदान रहेको बताएका छन्।

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताए ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए ।

सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको गृहमन्त्री लेखकको भनाइ छ।

२३ वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको स्मरण गरे ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताए ।

सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उनले उल्लेख गरेका थिए । सीमा सुरक्षा बलसँग सम्बन्धित कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार