AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीविरुद्ध अनेकौं षड्यन्त्र भइरहेका छन् : माधव नेपाल

एकीकृत समाजवादीविरुद्ध अनेकौं षड्यन्त्र भइरहेका छन् : माधव नेपाल

  • बिहिबार, साउन १०, २०८१
एकीकृत समाजवादीविरुद्ध अनेकौं षड्यन्त्र भइरहेका छन् : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।उनले षड्यन्त्रको मूल्यांकन गरेर सतर्कता अपनाउनुपर्ने बताए । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ घटना भइरहेको भन्दै त्यसमा पनि आफुहरुले ध्यान दिनुपर्ने बताए ।हाम्राविरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आइरहेको अध्यक्ष नेपालले दाबी गरे ।उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्दै सबै पार्टीबाट सूचनाहरू लिनपर्ने बताए ।

सम्बन्धित समाचार