AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीको पदाधिकारी बैठक आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादीको पदाधिकारी बैठक आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

  • मङ्लबार, साउन १५, २०८१
माओवादीको पदाधिकारी बैठक आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज सकिँदै छ ।शुक्रबारदेखि जारी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिएर सकिन लागेको हो । नेताहरूले उठाएको प्रश्नको आज दिउँसो १ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीहरूले पार्टी वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार