AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

  • मङ्लबार, साउन १५, २०८१
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो।

कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन् ।

प्रदेशसभाको बैठकमा उपस्थित कूल १०७ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ ।

बैठकमा हाम्रो नेपाली पार्टीका ७ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

Facebook Comments

सम्बन्धित समाचार