AarthikBikash
आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • खेलकुद
  • काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

  • शनिबार, साउन १९, २०८१
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काठमाडौं– नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार