AarthikBikash
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपाको असोजमा राष्ट्रिय भेला गर्ने प्रस्ताव, राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता !

रास्वपाको असोजमा राष्ट्रिय भेला गर्ने प्रस्ताव, राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता !

  • शनिबार, साउन १९, २०८१
रास्वपाको असोजमा राष्ट्रिय भेला गर्ने प्रस्ताव, राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता !

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आउँदो वैशाख तेस्रो साता गर्ने प्रस्ताव गरिएको छ ।

शनिबार सम्पन्न पार्टीको बन्द कार्यशालाबाट पार्टीको महाधिवेशन गर्ने गरी मिति समेत तय गर्न केन्द्रीय समितिलाई उक्त सुझाव दिइएको हो ।

पार्टीको राष्ट्रिय भेला आउँदो असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि बैठकबाट गरिएको छ ।

विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने निर्णय समेत गरिएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार