AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिँदै

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिँदै

  • आइतवार, साउन २०, २०८१
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको समय आज सकिँदै छ । गत शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।सोही अनुसार आज कांग्रेस र एमालले संयुक्त रुपमा सरकारमा दाबी पेस गर्नेछन् । कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि सुदूरपश्चिममा अन्य आकांक्षी पछि हटेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार