AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बागमती नदी किनारमा एक पुरुषको शव फेला

बागमती नदी किनारमा एक पुरुषको शव फेला

  • आइतवार, साउन २०, २०८१
बागमती नदी किनारमा एक पुरुषको शव फेला

काठमाडौं-ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ।

ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४० वर्षका पुरूषको शव भेटिएको हो।

शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन ।

शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार