AarthikBikash
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

  • सोमवार, साउन २१, २०८१
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

काठमाडौं– धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार