AarthikBikash
आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • मनोरन्जन
  • रहेनन् लोकप्रिय गायक प्रकाश तिमिल्सिना

रहेनन् लोकप्रिय गायक प्रकाश तिमिल्सिना

  • आइतवार, साउन २७, २०८१
रहेनन् लोकप्रिय गायक प्रकाश तिमिल्सिना

काठमाडौं-गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।

तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

ललितपरको भैँसेपाटीमा बसोबास गर्दै आइरहेका सुनसरीका स्थायी वासिन्दा गायक तिमिल्सिनालाई शनिवार साँझ छ बजेको समयमा घरकै ओछ्यानमा अचेत अवस्थामा फेला पारिएको थियो । गायक तिमिल्सिनाको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई तत्काल उपचारका लागि पाटन अस्पताल लगिएको थियो । यद्यपि, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।

प्राकृतिक विपत्तिका कारण बाल्यकालमै आफ्ना परिवारका सबै सदस्यका साथै आफ्नो आँखाको ज्योति गुमाएका गायक तिमिल्सिना २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी हुँदै दर्शक तथा स्रोताको नजरमा परेका थिए । आँखाको ज्योति फिर्ता पाउन संघर्षरत उनी अमेरिका गएर उपचार गराउने कुरा आफ्ना निकटका व्यक्तिहरुलाई बताउँदै आएका थिए ।

गायक तिमिल्सिनाले गाएका गीतहरु मध्ये खलि, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिन, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म आदि छन् । यसबाहेक उनले धेरै वटा लोकप्रिय गीतका कभर भर्सन पनि गाएका छन्, जसलाई दर्शक तथा स्रोताले मन पराएका छन् । गायक तिमिल्सिनाको आज आइतवार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार