AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाज
  • खुम्बुमा दुई वटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

खुम्बुमा दुई वटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

  • शनिबार, भदौ १, २०८१
खुम्बुमा दुई वटा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

सोलुखुम्बु-सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि भएको छ ।

रक्षामन्त्री मानवीर राईसहित आज गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको हो।

शुक्रबार करिब दुई बजेको समयमा जिल्ला सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो ।

रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार