AarthikBikash
आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाल प्रिमियर लिगको लोगो र मिति सार्वजनिक

नेपाल प्रिमियर लिगको लोगो र मिति सार्वजनिक

  • सोमवार, भदौ ३, २०८१
नेपाल प्रिमियर लिगको लोगो र मिति सार्वजनिक

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ ।

सोमबार साँझ काठमाडौंमा आयोजित बिशेष समारोहबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् ।

लिगको मिति समेत सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ।

कार्यक्रममा खेलकुद मन्त्री चौधरीले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै क्रिकेटको विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार