AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • बुधबार, भदौ ५, २०८१
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेबाट बैठक सुरू हुन लागेको हो । केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। केन्द्रीय समिति बैठकले पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई थप कारबाहीको निर्णय पनि गर्ने सम्भावना रहेको छ ।

यसअघि बसेको केन्द्रीय समितिले उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गर्दै साधारण सदस्य मात्रै कायम राखेको थियो । यसबाहेक समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए ।

रास्वपाले यसबीचमा राष्ट्रिय भेला आयोजना गर्दैछ। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले नै यसबारे निर्णय गरेकाले आज यसबारे कार्ययोजना बन्ने रास्वपाले बताएको छ।

Facebook Comments

सम्बन्धित समाचार