AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

  • बिहिबार, भदौ ६, २०८१
भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।सभापति लामिछानेले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’

उनले भ्रष्टाचारको मामिलामा हदम्याद राख्न नमिल्ने बताए । नीतिगत भ्रष्टाचारको विषयमा पनि गम्भीर रूपमा हेर्नुपर्ने सभापति लामिछानेको भनाई छ ।सभापति लामिछानेले नीतिगत निर्णय गरेर मन्त्रिपरिषद् लैजाने क्रमलाई रोक्नु पर्ने बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनमाथि छलफल चलिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार