AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कांग्रेस-एमालेले संविधानको कमा र फुलस्टप पनि चलाउन सक्दैनन् : खनाल

कांग्रेस-एमालेले संविधानको कमा र फुलस्टप पनि चलाउन सक्दैनन् : खनाल

  • आइतवार, भदौ ९, २०८१
कांग्रेस-एमालेले संविधानको कमा र फुलस्टप पनि चलाउन सक्दैनन् : खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले संविधान संशोधन असम्भव रहेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्।

उनले संविधान संशोधनको हल्ला जति पिटाएपनि आफुहरु विना असम्भव रहेको बताए । नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए।

नेता खनालले भने, ‘दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरु हुन । भ्रष्ट पार्टीहरु हुन् । र अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन हो ।’

दुई ठूलो पार्टीले आफूहरुको सहयोगविना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालको दाबी छ । उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

Facebook Comments

सम्बन्धित समाचार