AarthikBikash
बिहिबार, बैशाख ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने

सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने

  • सोमवार, भदौ २४, २०८१
सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

धनगढी विमानस्थलमा बोल्दै सभापति लामिछानेले यस्तो दाबी गरेका हुन् । उनले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरे ।गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको सभापति लामिछानेको भनाई छ ।तर त्यसमा आफ्नो संलग्नता नभएको सभापति लामिछानेको दाबी छ। आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्न नहुने सभापति लामिछानेको भनाई छ ।

कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको सभापति लामिछानेले बताए ।उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार