AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • यो वर्ष २ करोडभन्दा बढीले घट्यो रास्वपाको आम्दानी

यो वर्ष २ करोडभन्दा बढीले घट्यो रास्वपाको आम्दानी

  • मङ्लबार, अशोज १, २०८१
यो वर्ष २ करोडभन्दा बढीले घट्यो रास्वपाको आम्दानी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ । आजदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् ।सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी रास्वपाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको छ।दस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।

सो पार्टीले आर्थिक वर्ष २०७८/०७९ मा ४ लाख १० हजार १० रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ करोड १२ लाख ४४ हजार आम्दानी गरेको थियो । राष्ट्रिय भेलामा प्रस्तुत गरिएको आयव्यव विरणमा गत वर्षभन्दा आम्दानी घटेको देखाइएको छ।यस वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ करोड ७२ लाख १२ हजार ९३९ रुपैयाँले घटेको देखाइएको छ।यद्यपि यस वर्षको आयव्ययको लेखापरीक्षण भने हुन बाँकी रहेको रास्वपाले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार