AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

  • बिहिबार, अशोज १०, २०८१
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

काठमाडौं– इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ । जबरजस्ती करणी र ठगी तथा सङ्गठित अपराध मुद्दामा परार रहेका उनीहरुलाई इन्टरपोलको समन्वयमा दुबईबाट पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरुमा ठगी सम्बन्धी मुद्दाका भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । रोमन कार्की भने जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन्। अनुसन्धानको क्रममा उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको खुलेको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । इन्टरपोलको समन्वय पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि आज नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार