AarthikBikash
शनिबार, मंसिर ६, २०८३
  • होमपेज
  • राजनीति
  • मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव पुनः नियुक्त

मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव पुनः नियुक्त

  • शनिबार, मंसिर ६, २०८३
मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव पुनः नियुक्त

जनकपुरधाम – मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रदेश प्रमुख डा। सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए।

तर, तोकिएको समयभित्र कुनै पनि दलबाट मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस नभएपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यादव यसअघि पनि मधेश प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए।

उपधारा ९३० अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले अब संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

सम्बन्धित समाचार