AarthikBikash
बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • राजनीति
  • एमालेको दुईदिने राष्ट्रिय भेला सकियो, २१ बुँदे संकल्प प्रस्ताव पारित

एमालेको दुईदिने राष्ट्रिय भेला सकियो, २१ बुँदे संकल्प प्रस्ताव पारित

  • बिहिबार, मंसिर ४, २०८३
एमालेको दुईदिने राष्ट्रिय भेला सकियो, २१ बुँदे संकल्प प्रस्ताव पारित

काठमाडौं – नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ । २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै आज एमालेको राष्ट्रिय भेला सकिएको हो ।

बुधबार सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका थिए ।

भेलाले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्ने संकल्प गर्दै सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने अठोट गरेको छ ।

करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलामा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक विषयमा २१ बुँदे संकल्प प्रस्ताव अनुमोदनका लागि प्रस्ताव गरेका थिए । प्रस्तावित संकल्प प्रस्ताव प्रचार विभागले एकीकृत गरिसकेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

भेलाको समापन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकढिक्का भएर लाग्न निर्देशन दिएका छन् ।

संकल्प प्रस्ताव सार्वजनिक भएपछि केन्द्रीय कमिटी बैठक सुरु हुने बताइएको छ । बैठकले बाँकी केही नेताहरूको कार्यविभाजनका विषयमा छलफल गर्ने बताइएको छ ।

सम्बन्धित समाचार