AarthikBikash
बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • घोप्टेभीरमा आज पनि पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभीरमा आज पनि पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

  • बिहिबार, मंसिर ४, २०८३
घोप्टेभीरमा आज पनि पहिरो,  पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा पहिरो खसेपछि आज फेरि सडक अवरुद्ध भएको छ।

बिहीबार बिहानदेखि पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्गमा सवारी आवागमन प्रभावित भएको हो। पहिरो निरन्तर खसिरहेको र सडकमा ढुंगा तथा माटो थुप्रिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।

पहिरो पन्छाएर कम्तीमा एकतर्फी भए पनि सवारी आवागमन खुलाउने उद्देश्यले आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने काममा अघि बढ्न सकेको छैन।

जुनसुकै समयमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले सडक प्रयोगकर्तालाई उक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। कार्यालयले हतार नगरी, सुरक्षित दूरी कायम गरेर र ट्राफिक नियमको पूर्ण पालना गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

पहिरो पन्छाउने कामसँगै आगामी केही दिनभित्र उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रु मर्कामा परेका छन्।

घोप्टेभीरमा पटक–पटक सुख्खा खस्दा यात्रुहरु समस्यामा पर्दै आएका छन् । यसअघि कार्तिक २६ गते पनि घोप्टेभीर क्षेत्रमा पहिरो खसिरहेपछि सडक कुनामा खाल्डो बनाएर खसेको गेग्रानलाई नियन्त्रण गर्ने व्यवस्था मिलाइए सडक खुलाइएको थियो । २३ गते मध्यराती पनि त्याहाँ पहिरो खसेको थियो ।

अघिल्लो समाचार

Roulette Mobile Regole Del Banco
Roulette Mobile Regole Del Banco

सम्बन्धित समाचार